Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कवाडी गोदाम आगलागी : मृत्यु हुनेको संख्या २ पुग्यो

    कवाडी गोदाम आगलागी : मृत्यु हुनेको संख्या २ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागीमा परेर मृत्यु हुनेको संख्या २ पुगेको छ। एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

    मृत्यु हुनेमा विराटनगर९७ का ३० वर्षीय दीपक मण्डल र एकको पहिचान खुल्न सकेको छैन । मण्डलको उपचारका क्रममा र पहिचान नखुलेकाको घटनास्थलमै मृत्यु भएको हो ।



    घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरुको ८० प्रतिशत शरीर जलेको छ । आगलागी नियन्त्रणमा आइसकेको छ ।



    आगजनीको कारण भने खुल्न बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ । आगलागीमा परेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो।

    अन्य घाइतेमध्ये विराटनगर-६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर-६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका-६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरोमा र विराटनगर-६ का अन्दाजी ५८ वर्षीय किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ।

    प्रहरीका अनुसार उपचाररतमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ। कवाडी गोदाममा लागेको आगो अझैसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार