Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिमको चुनौती सामना गर्न प्रदेश प्रहरी सक्षम छ : डिआईजी सुवेदी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले सुदूरपश्चिम प्रदेशको मुख्य चुनौती सामाजिक विकृतिद्वारा सृजित अपराध नै भएको बताएका छन् ।

सोमबार वडा प्रहरी कार्यालय महेन्द्रनगरको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै डिआईजी सुवेदीले सुदूरपश्चिमको प्रमुख चुनौती सामाजिक विकृति, सवारी दूर्घटना र लागुऔषध भएको बताएका हुन् ।

कञ्चनपुर र कैलालीबाट लागूऔषधको ओसारपसार बढ्दै गएको बताउँदै डिआईजी सुवेदीले भने–‘हिजोसम्म नेपालमा हार्डड्रक्स इन्ट्री गर्ने नाकाका रुपमा काकडभित्ता र विराटनगरको रानी पथ्र्यो । तर, अहिले त्यो सर्दै नेपालगञ्जबाट कैलाली र कञ्चनपुरको नाकाहरुमा बढी उच्च जोखिममा रहेको देखिन्छ ।’

सुदूरपश्चिममा देखिएको सुरक्षा चुनौतीका आधारमा प्रहरीले सुरक्षा रणनीति बनाएर अगाडि बढेको बताउँदै डिआईजी सुवेदीले सुदूरपश्चिमका आम जनताको शान्ति सुरक्षामा प्रदेश प्रहरी क्रियाशिल भएर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077