Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरीलाई कोरोना पुष्टि भएपछि प्रदेश प्रहरी कार्यालय सील

    प्रहरीलाई कोरोना पुष्टि भएपछि प्रदेश प्रहरी कार्यालय सील

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.6K
    SHARES

    मोरङ । एक जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रदेश–एक, प्रदेश प्रहरी कार्यालय सील गरिएको छ। संक्रमण पुष्टि भएका प्रहरीलाई केही दिन अघि ज्वरो र हाच्छ्यूँ आउने लक्षण देखिएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए।

    कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार राति उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिए।



    उनी विराटनगरकै स्थानीय भएको बताइएको छ। उनको उमेर र पद खुलाइएको छैन। कोरोना पुष्टि भएपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको एसपी पोखरेलले बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार