Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जापानमा एकैदिन ९२० जनालाई कोरोना संक्रमण पुष्टि

    जापानमा एकैदिन ९२० जनालाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । जापानमा ९२० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै बिहीबारसम्म जापानमा कोरोना संक्रमितको संख्या २८ हजार १९० जना पुगेको त्याँहाको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी दिएको छ ।

    जापानमा दैनिक सङ्क्रमित हुने कोभिड–१९ विरामीको सङ्ख्या पहिलोपटक ९०० भन्दा माथि पुगेको सरकारी अधिकारीले बताएका छन् । जापानका विभिन्न छ क्षेत्रमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दर बढ्दो अवस्थामा रहेको छ ।



    यस पहिले डाउमण्ड प्रिन्सेस नामक पानी जहाजमा ७१२ जना सङ्क्रमित भेटिएबाहेक एकैदिन यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको पहिलो पटक हो । पछिल्लो २४ घण्टामा टोकियो महानगर प्रशासनले ३६६ थप सङ्क्रमित भएको जनाएको छ । टोकियोमा पनि एकैदिन तीन सयभन्दा बढी व्यक्ति सङ्क्रमित भेटिएको यो नै पहिलो पटक हो ।



    टोकियोमा अहिलेसम्म १० हजार ४२० जना कोभिड–१९ सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा टोकियोपछि धेरै सङ्क्रमित हुने ओसाका क्षेत्रमा १०४ र टोकियोका छिमेकी क्षेत्रहरू कानागावा, साइतामा र चाइबामा क्रमशः ५३, ६४ र ३३ थप व्यक्ति सङ्क्रमित भेटिएका छन् ।

    जापानमा बिहीबारसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार चार पुगेको बताइएको छ । यसमध्ये १३ जना डायमण्ड प्रिन्सेस पानी जहाजमा सङ्क्रमणपछि मृत्यु भएका थिए । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा बिहीबारसम्ममा ५५ जना जटिल खालका सङ्क्रमित रहेका छन् भने अहिलेसम्म २१ हजार ३१० व्यक्ति निको भई घर फर्किएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार