Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रमेश खरेलले मागे प्रधानन्यायाधीशकाे राजीनामा

काठमाडाैँ। पूर्वडिआइजी रमेश खरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेका छन्। उनले हाम्रो नेपाल सुशासन अभियानले मार्फत राणाको राजीनामा मागेका हुन्।

न्यायालय र त्यसमा पनि प्रधानन्यायाधीश सम्मिलित इजलासले गरेको यसप्रकारको फैसलाले न्यायालयको विश्वास, गरिमा र सम्मानलाई नराम्ररी अवमूल्यन गरेको छ, न्याय क्षेत्रलाई गम्भीर संकटमा पुर्‍याएको महसुस भएको अभियानद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

अगाडि विज्ञप्तिमा भनिएको छ,‘ अदालतका निर्णय विवादमा पर्नु र जनताले नरुचाउने हुनु राम्रो संकेत हैन, यस अवस्थाबाट माथि उठी जनविश्वास बचाउन प्रधानन्यायाधीले राजीनामा दिने विकल्प उपयुक्त हुनसक्छ। त्यो नभए संसदले विचार गर्नुपर्ने जनआकांक्षा र चासोलाई कम मूल्यांकन गर्न नहुने हाम्रो धारणा हो।’

पत्नी हत्या अभियाेगमा दाेषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ भइरहेकाे छ। प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले भने आठ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएपछि कोइराला बिहीबार कारावासमुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077