Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विहे गरेर अमेरिका लैजान्छु भन्दै ठगी गर्ने युवतीहरू पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले बिहे गरी अमेरीका लैजाने भनी प्रलोभनमा पारी ठगी गर्ने युवतीहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कोपिला शर्मा र अमिसा केसी रहेका छन् । महाशाखाको टोलीले उनीहरुलाई बुटवलबाट पक्राउ गरेको हो ।

महाशाखाका अनुसार उनीहरुले 'आफुलाई डिभि परिसकेको छ अहिले लकडाउनले गर्दा जान मिलेन म विहे गरेर लैजान्छु' भन्दै विभिन्न पुरुषहरुलाई आश्वासन देखाएर ठगि गर्दै आएका थिए ।

त्यस्तै उनीहरुले महिलाहरुलाई पनि ठगि गरेको देखिन्छ । महिलाहरुलाई आफुलाई डिभि परेको छ यो व्यवसायको साझेदारी बन्नुहोस् भन्दै विभिन्न कम्पनीको फेक डकुमेन्ट देखाउदै ठगी गदैँ आएको खुल्न आएको छ ।

महाशाखाका अनुसार हालसम्म ७ लाख बराबरको ठगि भएको जाहेरी आएको छ भने अझै पीडितहरु बढ्न सक्ने प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाे अनुसन्धानबाट खुल्न आएका  तथ्यहरू


  • सामाजिक संजाल TIk Tok, Facebook  मा पिडितलाई Follow गरीरहने  र friend Request पठाउने र म तपाईको फ्यान हो भनी  Accept  गर्न बाध्य बनाई कोपिला शर्माले आफू अमेरीकाको V परेको हाल लकडाउनले नेपालमा बसोबास गर्दै आएको र नेपालमा Departmental Store संचालन गर्ने, सो संचालन गर्ने  पैसाको आवश्यक परेको र पिडितलाई पार्टनर बनाउने भनी पटक-पटक गरी रु. ५,००,००० (पाँच लाख) ठगि गरेको ।

  • कोपिला शर्माले आफ्नो बुवाको समेत Fake ID Create गरी ढुकुटीको पैसा तिर्ने बहाना बनाई ठगि गर्ने गरेको ।

  • आफू अमेरीकाको V. Holder हो भनी बिश्वास दिलाई भक्तपुरको एक जना  पिडितको छोरी संग मितेरी लगाई अमेरीका लैजान्छु भन्ने बिश्वास दिलाई रु. १,६०,०००।– (एक लाख साठि हजार) ठगी गरेको ।

  • फिल्म क्षेत्रका ब्यक्तिहरुलाई समेत Fake Facebook “Nicky Poudel” नामको ID बाट कुराकानी गरी आफु संग बिहे गरेमा अमेरीका लैजाने भनी  ठगी गर्ने खोजेको ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077