Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुधीर बस्नेतकाे ठगी प्रकरणमा पनि मुछिए प्रधानन्यायाधीश राणा

काठमाडौं । जिल्ला र उच्च अदालतबाट श्रीमती हत्याको अभियोग पुष्टि भएर आजिवन कैद फैसला भएका सशस्त्रका पूर्व डिआईजी रञ्जन कोइरालालाई कैद छुट दिएर विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एक पछि अर्को काण्ड बाहिर आएका छन् ।

प्रधानन्यायाधीशकै एक पछि अर्को काण्ड बाहिरिएसँगै इतिहासमै न्यायाधीशलाई महाभियोग माग गर्दै सडक प्रदर्शनसमेत भइरहेको छ ।

१६ अर्ब ठगी गरेको अभियोग लागेका ओरेन्टल सहकारीका सुधीर बस्नेतलाई थुनामा नराख्ने आदेशका कारण पनि प्रधानन्यायाधीश राणा विवादमा तानिएका थिए ।

यो घटनाले प्रधानन्यायाधीश राणामाथि आर्थिक सरोकार राख्ने र सरकारी जग्गा जमिनको मुद्दामा पीडितको पक्षमा नभई पीडकको पक्षमा न्याय दिने गरेको आरोप लाग्यो ।

२०४८ को सहकारी ऐन अनुसार कारबाही गर्न पाइँदैन भनेर गलत ब्याख्या गरी ८ हजार बचतकर्ताको १६ अर्ब फिर्ता दिने सरकारको तयारी उनको आदेशले रोकिन पुगेको छ ।

आफ्नो निक्षेप फिर्ता पाउनुपर्ने माग गर्दै पीडितहरुले आज (आइतबार) सुधीर बस्नेतको ओरेन्टेल सहकारीका समस्याग्रस्त सहकारीको कार्यालय अनामनगरमा धर्ना दिएका छन् ।

ओरेन्टल पीडितका तर्फबाट सुरेन्द्र प्याकुरेलले भने–‘सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाले ८ हजार निक्षेपकर्ताको ९ बर्षदेखिको पुकार नसुनी ठग सुधिर बस्नेतको पक्षमा फैसला गरी उसलाई संरक्षण गरी अन्याय गरेका छन्।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नै सुधीर बस्नेतलाई थुनामुक्त गरी हामी पीडितको रकम असुलीमा अवरोध गरेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077