Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिवि डिन कार्यालयमा नेविसंघको ताला

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा ताला लगाएको छ।

त्रिविलाई सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताको भर्ति केन्द्र बनाइएको र नेविसंघका मागप्रति त्रिवी पदाधिकारी उदासीन बनेको भन्दै डिन कार्यालयमा आर्इतबार ताला लगाइएको नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले जानकारी दिए ।

यसअघि नेविसंघ त्रिवि समितिले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा पनि तालाबन्दी गरेको छ। नेविसंघले राखेका २० सुत्रिय माग पूरा गर्न त्रिवि पदाधिकारीले वेवास्ता गरेकाले आफूहरु तालाबन्दी गर्नेपर्ने अवस्थामा पुगेको रावलले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077