Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर्णालीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    कर्णालीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 4.8K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशमा सोमबार थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको सूचनाअनुसार थप ३१ जनामा संक्रमण देखिएको हाे।

    प्रदेश अस्पताल सुर्खेत, चौरजाहारी अस्पताल रूकुम र दैलेख अस्पतालमा गरिएको पिसिआर परिक्षणमा सोमबार दैलेखका २८ जना, सल्यानका २ जना र सुर्खेतका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ।



    योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १० पुगेको छ । जसमध्ये १ हजार ६ सय ५८ जना निको भएर घर फर्किसकेका छन् । भने सक्रिय २४६ जना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।



    आइतबार संक्रमित हुनेहरूमा दैलेखको दुल्लु नगरपालिका २८ जना रहेका छन् । सुर्खेतको चिंगाड गाउँपालिकाका १ जना र सल्यानको कुमाखका २ जना पुरूष रहेका छन् । कर्णालीमा सोमबार १४ जना संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणका कारण कर्णाली प्रदेशमा ६ जनाको ज्यान गइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार