Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर्णालीका थप ५२ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ५ हजार ९११ पुग्याे

    कर्णालीका थप ५२ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ५ हजार ९११ पुग्याे

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 1.9K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा विभिन्न प्रयाेशालामा गरिएकाे पीसीआर परीक्षणमा सोमबार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

    कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गरिएकाे थियाे ।



    नयाँ संक्रमितमध्ये सुर्खेतका २१ जना रहेका छन् । जसमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी दुई/दुईजना रहेका छन । अन्य कन्ट्याक्ट ट्रेसिङ रहेका व्यक्ति रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।



    त्यस्तै जुम्लाका नौं जना, दैलेखका आठ जना, कालीकोटका पाँच जना, जाजरकोटका दुई जना, मुगुका एकजना र अन्य प्रदेशका ६ जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ५ हजार ९११ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार