Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • काठमाडौं प्रवेश नाकामा स्वाब संकलन , बिना पासका सवारीसाधान फिर्ता

    काठमाडौं प्रवेश नाकामा स्वाब संकलन , बिना पासका सवारीसाधान फिर्ता

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । स्वास्थ्य मन्त्रालयको इपिडियोमिलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका प्रवेश नाकामा पिसिआर परीक्षण सुरु गरेको छ ।

    उपत्यका प्रवेश गर्ने दुई महत्त्वपूर्ण नाकाहरु नागढुंगा र साँगाबाट राजधानी प्रवेश गर्ने यात्रुहरुको पिसिआर परीक्षण गर्न आइतबारदेखि थालिएको हो।



    नागढुंगामा आइतबार १४ सयभन्दा बढी यात्रुको पिसिआर परीक्षण गरिएको थियो भने सोमबार हजारभन्दा बढीको परीक्षण गरिएको थियो।



    नागढुंगामा जोखिममा भएका यात्रुहरुलाई पिसिआर परीक्षण गरिएको हो। पास नलिई आएका सवारी साधनहरुलाई भने फर्काइएको थियो।

    पछिल्लो केही समययता उपत्यका भित्रिनेहरुले संख्या बढ्दै गएसँगै जोखिम पनि बढ्दै गएको छ। सरकारले लकडाउन अन्त्य र सार्वजनिक सवारी साधन खुला गरेपनि कोरोना संक्रमण र महामारीको जोखिम उस्तै रहेपछि उपत्यकालाई सम्भावित क्षतिबाट कसरी जोगाउने भन्नेमा तीन जिल्ला केन्द्रीत बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार