Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना संक्रमण मुक्त हुनेको संख्या १३ हजार ८७५ पुग्यो

    कोरोना संक्रमण मुक्त हुनेको संख्या १३ हजार ८७५ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १३ हजार ८७५ पुगेको छ । मंगलबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमण मुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको हो ।

    कुल संक्रमित मध्ये ७२.८ प्रतिशत कोरोना संक्रमित निको भइ अस्पतालबाट डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । निको हुनेहरुमा प्रदेश १ मा ७८९ जना, प्रदेश २ मा ३ हजार १४, वाग्मती प्रदेश ५१८, गण्डकी प्रदेशमा १ हजार २१७, प्रदेश ५ मा ३ हजार ९१०, कर्णाली प्रदेशमा १ हजार ६०८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८१९ जना रहेका मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार