Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लोकतान्त्रिक शक्तिहरु एक भए प्रजातन्त्रको सुदृढिकरण हुन्छ : कांग्रेस सभापति देउवा

    लोकतान्त्रिक शक्तिहरु एक भए प्रजातन्त्रको सुदृढिकरण हुन्छ : कांग्रेस सभापति देउवा

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढिकरणका लागि लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिलबहादुर थापासहितलाई पार्टी प्रवेश गराउँदै सभापति देउवाले प्रजातन्त्रलाई डरलाग्दो अवस्थाबाट माथि उठाउन लोकतान्त्रिक शक्तिहरु एकजुट हुनु आवश्यक रहेको बताए । प्रजातन्त्र विरोधी शक्तिहरु सरकारमा रहेको उल्लेख गर्दै उनले सरकारका कारण प्रजातन्त्रमाथि संकट आउने अवस्था आएको बताए ।



    प्रेस स्वतन्त्रता कमजोर पार्ने, फोन ट्यापिङ गर्न पाउने विधेयकहरु ल्याएर सरकारले ‘प्राइभेट कुरा गर्न नसकिने अवस्था’ आएको उनले बताए । उनले भने, ‘‘डरलाग्दो अवस्था छ । लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी छ, जसले भोली आउने च्याजेञ्जहरु सामना गर्न सकियोस् ।



    प्रजातन्त्रको सुदृढीकरण गरेर नेपाललाई पूर्ण रुपमा गणतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनाउनुका साथै राष्ट्रिय एकताका लागि एक हुनु आवश्यक छ ।’’ सभापति देउवाले थापालाई अहिले सहमहामन्त्रीको जिम्मेवारी दिइएको जानकारी गराउँदै पार्टीमा कुनै प्रकारको भेदभाव नहुने बताए । थापा लगायतका नेताहरुको प्रवेशले पार्टी बलियो बनाउने विश्वास देउवाले गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार