Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली

    वामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार साँझ गौतमको निवास भैँसेपाटी पुगेका हुन् ।

    नेकपामा देखिएको विवाद बढ्दै गएपछि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीइतर समूहको बैठक बसेको थियो । ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेका थिए । तर अर्का अध्यक्ष पुष्पकमद दाहालको अध्यक्षतामा बहुमत सदस्यको बैठक बस्यो र स्थायी कमिटी बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर गरेको छ ।



    त्यो बैठकमा गौतम पनि थिए । उनले भने पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो अवधिभर प्रधानमन्त्री बनाउनेसहित ६ बुँदे लिखित प्रस्ताव नेताहरुसम्म पुर्‍याएका थिए। त्यसलगत्तै बैठकमा सहभागी नेता गौतमले प्रधानमन्त्रीको चर्को आलोचना गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार