Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विपत्‌मा मृत्यु भएका व्यक्तिकाे परिवारलाई सरकारले दुई लाख दिइने

    विपत्‌मा मृत्यु भएका व्यक्तिकाे परिवारलाई सरकारले दुई लाख दिइने

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । वर्षात सुरु भएसँगै बाढी, पहिरोजस्ता विपत्‌मा परी मृत्यु भएमा मृतकका परिवारलाई सरकारले प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपत्‌मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र एक परिवारका एकजनाभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख थप गरी राहत उपलब्ध गराइने सरकारका प्रवक्ता तथा अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए।



    उनका अनुसार उक्त रकम एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने जनाइएको छ । उनले भने, संघ, प्रदेश र स्थानीय तहबाट उपलब्ध गराउँदा कसैलाई दोहोरो पर्ने र कसैले पाउँदै नपाउने स्थिति भएकोले एकद्वारा प्रणाली अपनाइएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार