Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सम्झना विककाे परिवारलाई ३ लाख दिने सरकारकाे निर्णय

    सम्झना विककाे परिवारलाई ३ लाख दिने सरकारकाे निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 4.2K
    SHARES

    काठमाडाैं ।  सरकारले बलात्कारपछि हत्या गरिएकी सम्झना विकको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

    साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले सम्झना विककाे परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।



    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ ।



    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अ‍ोलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

    यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ ।

    २०७७ कात्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार