Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन काण्डमा डीएसपी तानिए, दरबारमार्ग वृत प्रमुखमा पौडेल

    सुन काण्डमा डीएसपी तानिए, दरबारमार्ग वृत प्रमुखमा पौडेल

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी वृत दरबारमार्गका प्रहरी नायब उपरिक्षक (डीएसपी) रन्जन दाहाललाई हटाईएको छ । मंगलबार कमलादीबाट बरामद गरेको भनिएको साढे १४ केजी चाँदी र आधाकिलो सुन अप्रेशनमा व्यसायिकता प्रदर्शन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई हटाएको हो ।

    दाहालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी रामेश्वर पौडेललाई पठाइएको छ । पौडेल यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।



    दाहालले कमलादी घट्नाको अप्रेसन गरेका थिए । सो काण्डमा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौंको कमलपोखरी चोकमा चेकजाँचका क्रममा बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडी भागेको थियो।



    प्रहरीले पिछा गरेपछि कमलादीमा सुनजस्तै पहेँलो बस्तु र दुई थान पेस्तोल फालेर स्कर्पियो भागेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार