Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापति देउवाविरुद्ध आक्रामक बन्दै पौडेल समूह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानविपरीत पद र प्रलोभन बाँडेर महाधिवेशन प्रभावित पार्ने चलखेल गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर उन्ले विभाग गठन र विस्तारको सम्बन्धमा सभापति देउवाले गुनासाहरुलाई सम्बोधन गर्न नचाहेको बताए।

पौडेलले आफूहरुले यसअघि निर्वाचन समितिलाई ध्यानाकर्षणपत्र बुझाएपनि त्यसको सुनुवाइ नभएको भन्दै पार्टी सभापति विधानको अक्षर र भावनाविपरीत कार्य गर्न उद्धत भएको बताए। वरिष्ठ नेता पौडेलले बिहीबार बिहान सभापति देउवालाई भेटेर ध्याानाकर्षणपत्रमार्फत् लिखित असहमति जनाएकोसमेत बताए ।

ध्यानाकर्षणपत्रमा थपिएको एक वर्षभित्र महाधिवेशनको तयारी गर्नुको सट्टा विभाग गठन गरेर देउवाले महाधिवेशन प्रभावित गर्ने मनसाय राखेको, क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको, अन्य पार्टी परित्याग गरी आउने सदस्य तथा पार्टी समायोजनका बाँकी काम, भातृ एवं शुभेच्छुक संस्थाहरुको निस्क्रियता र विदेशस्थित जनसम्पर्क समितिहरुका अध्यक्षहरुलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएको लगायतका विषय उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077