Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पर्सामा भाेलिदेखि निषेधाज्ञा जारी, सेना समेत परिचालन गरिने

    पर्सामा भाेलिदेखि निषेधाज्ञा जारी, सेना समेत परिचालन गरिने

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 3K
    SHARES

    वीरगञ्ज । पर्सामा भाेलिदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ । कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिन थालेपछि र संक्रमितको व्यवस्थापनमा समस्या भएपछि शनिवार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिकामा मात्रै निषेधाज्ञा लगाइएकोमा पछिल्लो परिस्थितिको विश्लेषण गर्दै जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।



    कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।



    अब साउन १९ गते बिहान ५ बजेदेखि पर्सा जिल्ला भरी निषेधाज्ञा लागु हुनेछ । निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइने छैन ।

    पर्सामा साउनमा मात्रै ११ जना संक्रमितको मृत्यु भएको छ । पर्याप्त आइसोलेसन सेन्टर नहुँदा अधिकांश संक्रमितलाई घरमै राखिएको छ । लक्षणसहितका संक्रमितलाई मात्रै आइसोलेसन सेन्टरमा राख्ने नीति अख्तियार गरिएको छ । होटलमा पेड आइसोलेसनको व्यवस्था पनि मिलाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार