Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा कोरोना संक्रमणबाट ५७औं व्यक्तिको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट ५७औं व्यक्तिको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरस संक्रमणबा नेपालमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१६ की ६८ वर्षीया महिला रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।



    ज्वरो खोकी तथा श्वासप्रश्वासमा समस्या भएकी ६८ वर्षीया महिलालाई साउन १४ गते वीरगञ्जको नारायणी बयोदा अस्पतालमा भर्ना गरिएको थियो । उनको साउन १७ गते शनिबार मृत्यु भएको हो ।



    स्वास्थ्य अवस्था थप जटिल भएपछि उनलाई नारायणी अस्थायी कोभिड अस्पताल रिफर गरिएको थियो । उनलाई अस्पताल लैजाने क्रममा बाटोमानै मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनमा साउन १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार