Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुग्यो

    कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै नेपालमा आज थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा १४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६९ हजार २०४ पुगेको छ ।

    यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार