Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोना भाइरस संक्रमणबाट ५८औं व्यक्तिको मृत्यु

    कोरोना भाइरस संक्रमणबाट ५८औं व्यक्तिको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 1.8K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । विराटनगरको कोशी अस्पतालमा ७७ वर्षका वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि आज विहान अस्पताल भर्ना भएका थिए ।

    विराटनगर महानगरपालिका–५ का वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । उनको सवा ३ बजे मृत्यु भएको थियो भने त्यसको करिब एक घण्टापछि संक्रमण पुष्टि भएको रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।



    विराटनगरका ७७ वर्षका वृद्धको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार