Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा

    जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडाैँ । गएराति १२ बजेदेखि एक साताका लागि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार केरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो ।

    पूर्वमा कपिलेश्वर बसपार्क, पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो ( दूधमति पुल) उत्तरमा क्षीरेश्वर नगरपालिकाको जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने औरही खोलाको पुल र दक्षिणमा बनौली मोड, बसहिया सडकमा पर्ने सोनामति मन्दिर एवं प्रदेशसभा जाने मोडको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।



    सो अवधिभर (साउन २५ राति १२ बजेसम्म) अतिआवश्यक सेवाबाहेक सम्पूर्ण पसल र उद्योग सेवा बन्द गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार