Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतककाे संख्या ६० पुग्याे : स्वास्थ्य मन्त्रालय

    कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतककाे संख्या ६० पुग्याे : स्वास्थ्य मन्त्रालय

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साकी १८ वर्षीया किशाेरी र पर्साकै अर्का ४६ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

    मृत्यु हुनेमा पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नं ९ निवासी १८ वर्षीया किशाेरी रहेकी छिन् । उनको साउन १९ गते सोमवार मृत्यु भएको हो । झाडापखालाको कारण सिकिस्त बिरामी उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारको लागि लैजाने क्रममा मृत्यु भएको हो । कोरोना संक्रमणको आशंकामा नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।



    त्यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ५ बस्ने वर्ष ४६ का पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको हो । उनको आज बिहान ६ बजे अस्थायी कोभिड अस्पतालमा निधन भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार