Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोना भाइरसकाे संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु, मृतककाे संख्या ६३ पुग्याे

    कोरोना भाइरसकाे संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु, मृतककाे संख्या ६३ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 4.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एकैदिन पाँच जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ । यद्यपी स्वास्थ् तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म ६० जनाकाे मात्रै मृत्यु भएकाे पुष्टि गरेकाे छ ।

    काठमाडाैंकाे बलम्बुस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो । उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको बताइएकाे छ ।



    यस्कोतै रोना संक्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया किशाेरीको मृत्यु भएको हो । दुवै जनाकाे मृत्यु भएकाे मन्त्रालयले पुष्टि गरिसकेकाे छ ।



    यस्तै मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

    रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान १०ः३० बजे मृत्यु भएको थियो । कोरोनासँग मिल्ने लक्षण भएकाले स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार