Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

    पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 1.9K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    बिहीवारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा थप ५ जनाको मृत्यु भएको जानकारी दिए ।



    डा. गौतमका अनुसार मृत्यु हुनेमा मोरङका २ जना रहेका छन् । दुवै ४५ वर्षका रहेका उनले बताए । त्यस्तै सर्लाही मलंगवाकी ६५ वर्षकी महिला, धनुषाकी ७२ वर्षकी महिला र सप्तरीका ४२ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु मन्त्रालयले पुष्टि गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार