Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मन्त्रीसहित कर्मचारीमा कोरोना पुष्टि, प्रदेश २ को मन्त्रिपरिषद् कार्यालय सिल

    मन्त्रीसहित कर्मचारीमा कोरोना पुष्टि, प्रदेश २ को मन्त्रिपरिषद् कार्यालय सिल

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 5.5K
    SHARES

    जनकपुर । प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिल गरिएको छ ।

    प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री, सत्तारुढ जसपाका प्रदेशसभा सदस्यका साथै विभिन्न मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएसँगै कार्यालय सिल गरिएको हो। आन्तरिक मामिला मन्त्रालयमा बुधबार ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



    यसअघि सामाजिक विकास मन्त्रालयमा ४ र मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएलगत्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सतर्कता र सुरक्षा अपनाउन मन्त्रालयहरुको कामकाज बन्द गरिएको जनाइएको छ ।



    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सम्पूर्ण काम बन्द गरेर मूल ढोकामै ताल्चा लगाइएको छ भने सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालयमा बुधवार ताला लगाइएको छ ।

    मन्त्रिपरिषद कार्यालयले सूचना प्रकाशित गरी ६ जना कर्मचारीमा संक्रमण पुष्टि भएकोले हालका लागि कार्यालय सिल गरिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार