Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • १४ नेपाली सेनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि

    १४ नेपाली सेनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 4K
    SHARES

    काठमाडाैं । प्रदेश–२ मा १४ जना नेपाली सेनासहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा महोत्तरीमा १५, धनुषामा १२, सप्तरीमा ७, सिरहामा १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश–२ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। योसँगै प्रदेश–२ मा संक्रमितको संख्या ५ हजार ४५ पुगेको छ।



    महोत्तरीमा संक्रमण पुष्टि भएकाहरु सम्सी गाउँपालिका–३ स्थायी ठेगाना भई हाल प्रादेशिक अस्पतालमा रहेका ३२ वर्षीय पुरुष र रणभिम गण प्रकौली ब्यारेक जलेश्वरमा कार्यरत १४ जना नेपाली सेना रहेका छन्।



    योसँगै हालसम्म यस प्रदेशमा निको हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ भने १९ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार