Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रिपरिषद्को बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी

    मन्त्रिपरिषद्को बैठक आज बस्दै, बजेट अधिवेशन आह्वानको तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 579
    SHARES

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्न लागेको हो ।

    आजको बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ ।



    गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो।



    हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी भएको छ ।

    सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ।

    त्यसअघि सरकारको नीति तथा कार्यक्रम सरकारले ल्याउने छ। आजको मन्त्रिपरिषद बैठकमा केही नियुक्ती पनि हुनसक्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार