Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 438
    SHARES

    काठमाडौं । नेपाल सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।



    बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।



    यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार