Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जनयुद्ध र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय

    जनयुद्ध र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 564
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसअघि मन्त्रिपरिषदबाट शहीद घोषणा भइसकेको तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरुको नाम प्रकाशित गर्ने निर्णय गरेको हो ।



    दस वर्ष चलेको जनयुद्ध र त्यसपछि भएका जनआन्दोलनका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरिने बताइएको छ । सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको थियो ।



    त्यसैलाई राजपत्रमा प्रकाशित गर्न लागिएको बतइएको छ । यसअघि सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय पनि गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार