Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आज मन्त्रिपरिषदको बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति घोषणा हुन सक्ने

    आज मन्त्रिपरिषदको बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति घोषणा हुन सक्ने

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 951
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्दै आएको छ । तर आज बस्ने बैठकको कति बजे बस्ने भन्नेबारे टुंगो लागेको छैन् ।

    आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ । गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेका थिए ।



    यस्तै निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्ने प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको छ । मन्त्रिपरिषद् बैठकमा लैजानका लागि निर्वाचन आयोगले मन्त्रालयमा प्रस्ताव पेश गरेको हो ।



    स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव आज गृहमन्त्रीमार्फत् मन्त्रिपरिषद्मा पेश हुने विश्वास गरिएको छ । त्यसपछि मन्त्रिपरिषद्ले प्रस्तावमा छलफल गरी निर्वाचनको मिति घोषणा गर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार