Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सार्वजनिक बिदाको दिनमा पनि जरिवाना बुझाउन सकिने

    सार्वजनिक बिदाको दिनमा पनि जरिवाना बुझाउन सकिने

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भइ निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूले शनिबार सार्वजिनिक विदाका दिन पनि खर्च विवरण बुझाउनसक्ने भएका छन् ।

    निर्वाचन आयोगको भदौ ३१ को निर्णयअनुसार उनीहरूले विदाको दिन पनि खर्च विवरण बुझाउन सक्ने भएका हुन्।



    कात्तिक ५ गते शनिबार सार्वजनिक विदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको सम्बन्धित सबैमा जानकारी गराएको आयोगद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।



    ‘निर्वाचन आयोग ऐन ०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा सो तोकिएका उम्मेदवारहरूको नाम ०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारहरूले कात्तिक ५ गते कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गरी उम्मेदवारी कायम राखिने छ,’ विज्ञप्तिमा उल्लेख छ।

    यस्तै जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगबाट भएको व्यहोरा पुनः स्मरण गराइन्छ विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार