Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उपनिर्वाचनको नमुना मतपत्र

    निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उपनिर्वाचनको नमुना मतपत्र

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 216
    SHARES

    काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा प्रयोग हुने मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

    मतपत्र छपाई गरेर पठाइसकेपछि निर्वाचन आयोगले ती क्षेत्रमा प्रयोग हुने मतपत्रको नमुना सार्वजनिक गरेको हो । यतिबेला इलाम २ मा १९ जना उम्मेदवारहरू र बझाङ प्रदेशसभा १ मा ११ जना उम्मेदवारहरू चुनावी प्रचारमा रहेका छन् ।



    जस अनुसार इलाम क्षेत्र नम्बर २ मा मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य चिन्ह, दोस्रोमा कांग्रेसको रुख, तेस्रोमा रास्वपाको घण्टी, चौथोमा राप्रपाको हलो, पाँचौँमा जनमत पार्टीको हर्न लगायत क्रमशः अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूको चिन्ह रहेको छ ।



    यता बझाङ प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक नमुना मतपत्रमा पहिलो नम्बरमा एमाले, दोस्रोमा कांग्रेस, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा लगायतका दलहरूको चुनाव चिन्ह राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार