Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

    उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 219
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम-२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र-१ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ।

    इलाममा मा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन्।



    बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको हो।



    बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकामा नेपाली जनतादलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिनुभएकाले बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार