Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभापति देउवाले फेरि गरे पाँच विभागमा सदस्यकाे मनोनयन

    सभापति देउवाले फेरि गरे पाँच विभागमा सदस्यकाे मनोनयन

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार थप पाँच विभागमा सदस्य मनोनयन गरेका छन् । संस्थापन इतरपक्षको विरोधकाबीच देउवाले धमाधम विभागहरुमा मनोयन गरेका हुन् । देउवाले पछिल्लोपटक उद्योग व्यापार, आदिवासी जनजाति, जनसम्पर्क समिति, श्रमिक तथा ट्रेड युनियन, राज्य प्रशासन विभागमा १ सय ६६ जना सदस्य मनोनय गरेका हुन् ।

    देउवाले आइतबार राति ११ बजे १० वटा विभागमा ३ सय ९४ सदस्य मनोनयन गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनलाई प्रभावित पार्नेगरी विभागहरुमा मनोनयन गर्ने क्रम गरिएको भन्दै विरोध जनाएको छ । वरिष्ठ नेता पौडेलले विधानको व्यवस्था र आचारसंहिताको विरुद्ध भएका मनोनयनलाई आफूहरुले अस्विकार गर्ने बताए ।



    देउवाले मनाेनयन गरेका विभागहरूकाे सूची यस्ताे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार