Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रूकुम पश्चिम घटनामा ज्यान गुमाएकाहरूकाे परिवारलाई १० लाख दिने सरकारकाे निर्णय

    रूकुम पश्चिम घटनामा ज्यान गुमाएकाहरूकाे परिवारलाई १० लाख दिने सरकारकाे निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २७ साउन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । पश्चिम रुकुमको सोती घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

    मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए ।



    रूकुम घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको हत्या भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार