Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

१७ हजार घुस लिएको आरोपमा सहायक वन अधिकृतसहित ६ जना अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

शिवनारायण यादवसमेतले सेवाग्राहीसँग १७ हजार घुस लिएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटि गएको प्रहरी टोलीले घुस बापतको रकमसहित सहायक वन अधिकृत यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुर, उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा र मनोज कुमार राउतलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077