Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काेराेना संक्रमणबाट एकैदिन ८ जनाकाे मृत्यु, मृतककाे संख्या ९१ पुग्याे

    काेराेना संक्रमणबाट एकैदिन ८ जनाकाे मृत्यु, मृतककाे संख्या ९१ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले नेपालमा काेराेना संक्रमणबाट नेपालमा मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे जानकारी दिए । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ जना र बाराका १ जना रहेका छन् ।



    काठमाडौं जिल्ला काठमाडाैं महानगरपालिका-१२ टेकु निवासी ७८ वर्षीय एक महिलाको मिति २०७७ साउन २८ गते विहान १ः१५ बजे किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा निधन भएको हो । झाडापखाला तथा ज्वरोको कारण साउन २६ गते किष्ट अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी । निज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर स्तिथ फिभर क्लिनिकबाट रेफर भई आएको । निज उच्च रक्तचाप, मधुमेह, हाइपोथोराडिजम, सेप्टीक सक तथा मृगौला सम्बन्धि रोगबाट ग्रसीत हुनुहुन्थ्यो । निजको स्वाव संकलन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको । निजको साउन २६ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा स्वाव संकलन गरी भएको परिक्षणमा आज साउन २८ गते कोरोना पुष्टी भएको हो ।



    त्यस्तै धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं १४ निवासी ३२ वर्षिय एक पुरुषको मिति २०७७ साउन २७ गते ह्याम्स अस्पतालमा निधन भएको छ । क्षयरोगीका विरामी निज साउन २७ गते विहान २स्४५ मा निमोनिया, खोकी तथा सास फेर्न कठिनाइ भई अस्पतालमा भर्ना भएको थिए । आइ। सि। यु। मा भेन्टीलेटरमा राखी उपचाररत उनको २७ गते नै कोरोना पुष्टी भएको थियो ।

    धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षिय एक पुरुष को मिति २०७७ साउन २८ गते मेडिसिटी अस्पतालमा निधन भएको छ । साउन ५ गते निमोनिया तथा श्वास फेर्न कठिनाई भइ अस्पतालमा भर्ना भएका उनको साउन ६ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा साउन ७ गते कोरोना पुष्टी भएको हो।

    त्यस्तै धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं ८ निवासी वर्ष ३८ की एक महिलाको मिति २०७७ साउन २८ गते विहान १ः०५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा दुखद निधन भएको छ । इन्सेफ्लाइटिस भई साउन १८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी निजको साउन १८ गते कोरोना पुष्टी भएको । निज अल्का अस्पतालमा उपचारको लागी आएकोमा कोरोना पुष्टी भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर भएको हो ।

    सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नंं ८ घर भै राजविराज नगरपालिका वडा नं ६ सिराहारोड बस्दै आएका ७२ वर्षका एक पुरुषको मिति २०७७ साउन २७ गते राती निधन भएको छ । ४ दिन अघि ज्वरो आई स्वाव संकलन परिक्षण गर्न दिएका निजको साउन २७ गते कोरोना पुष्टी भएको हो। कोरोना पुष्टी भएपछि अस्पताल लैजाने क्रममा एम्बुलेन्समै निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी थाइराइड, मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोगबाट ग्रसित समेत रहेका थिए ।

    मोरङ जिल्ला बुढीगंगा गाउंपालिका वडा नं २ गंगाचोक निवासी वर्ष ५५ का एक पुरुष को मिति २०७७ साउन २८ गते विहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा निधन भएको छ । ज्वरो तथा स्वास प्रश्वासमा समस्या आई साउन २६ गते उपचारका लागी कोशी अस्पतालमा लगीएको, सो अस्पतालले थप उपचारको लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरेको थियो । निजको साउन २७ गते स्वाव नमुना संकलन गरी परिक्षण गर्दा सोही दिन कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

    कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा निवासीे वर्ष ४२ का एक पुरुषको मिति २०७७ साउन २८ गते विहान ४ः२५ बजे निधन भएको छ । ज्वरो तथा निमोनिया भई साउन २५ गते बुटवल कोरोना विशेष ९अस्थायी० अस्पतालमा भर्ना भई भेन्टीलेटरमा उपचाररत निजको सोही दिन स्वाव संकलन गरी परिक्षण गर्दा साउन २७ गते कोरोना पुष्टी भएको हो ।

    बारा जिल्ला कलैया उपमहानगरपालिका निवासी ७५ वर्षिय एक पुरुष को मिति २०७७ साउन २८ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा निधन भएको छ । शरिर कमजोर भइ चक्कर लागेका कारण साउन २६ गते किष्ट अस्पताल भर्ना भएका थिए । निज रक्तअल्पता, हाइपोथोराडिजम, सेप्टीक सक, दम तथा मृगौला सम्बन्धि रोगबाट ग्रसित रहेका थिए। उनको साउन २७ गते स्वाव संकलन गरी भएको परिक्षणमा आज साउन २८ गते कोरोना पुष्टी भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार