Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

११ वर्षपछि लाइपजिग च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा आरबी लाइपजिगले एट्लेटिको मड्रिडलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ।

पोर्चुगलको लिस्बोनमा भएको खेलमा २–१ को संघर्षपूर्ण जित निकाल्दै लाइपजिगले क्लब स्थापनाको ११ वर्षपछि च्याम्पियन्स लिगमा सेमिफाइनलको यात्रा तय गरेको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा लाइपजिगले अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा डानी ओल्मोको गोल गोल गरेसँगै लाइपजिगले अग्रता बनाएको थियो।

तर, ७१ औं मिनेटमा एट्लेटिकोका लागि जोआओ फिलिक्सले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।

रोमाञ्चक बन्दै गएको खेलमा ८८ औं मिनेटमा टायलर आडम्सले गोल गरेपछि लाइपजिगले अग्रता बनायो। र, उनकै गोल सेमिफाइनल प्रवेशका लागि पर्याप्त बन्यो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077