Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पर्साका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि, ७ वर्षका बालकदेखि ७६ वर्षसम्मका वृद्धसम्म प्रभावित

    पर्साका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि, ७ वर्षका बालकदेखि ७६ वर्षसम्मका वृद्धसम्म प्रभावित

    अनलाइन नेपाल
  • सोमबार, १ भाद्र २०७७
  • 2.4K
    SHARES

    पर्सा। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा पर्साका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायका अनुसार संक्रमण पुष्टि हुनेमा ७ वर्षका बालकदेखि ७६ वर्षसम्मका वृद्धसम्म रहेका छन् ।



    नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर किट्स अभाव भएपछि ११ सयभन्दा बढी स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु टेकु पठाइएको हो ।



    कोरोना पुष्टि हुनेमा वीरगन्ज महानगरपालिकाका ३८ जनामा ,पोखरिया नगरपालिकाका नगरप्रमुखसहित ३३ जनामा, जगरनाथपुर गाउँपालिकामा १५ जनामा र सखुवाप्रसौनी गाउँपालिकामा ६ जना रहेको अस्पतालले जनाएको छ ।

    साउनमा मात्रै पर्सामा एकहजार एकसय ५४ जना कोरोना संक्रमित थपिएको अस्पतालको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार