Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

    वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ७ भाद्र २०७७
  • 2.5K
    SHARES

    पर्सा । वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ती महिलामा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

    नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार बेलुकी उनको मृत्यु भएको हो ।



    गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।  स्वास्थ्य स्थिति गम्भिर भएपछि उनलाई साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो ।



    पछिल्लो १२ घण्टा भेन्टिलेटरमा राखिए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् । अहिलेसम्म वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार