Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारामा १३ राउण्ड हवाइ फायर

बारा। कुलोमा माछा मारेको र डुबानको विषयमा भएको दुई पक्षबीचकाे झडपलाई साम्य पार्न प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।

बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्‍दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको जानकारी दिए ।

६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप नरोकिएपछि १३ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएकाे बारा प्रहरीले जनाएकाे छ ।

झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । स्थिति सामान्य भएपछि प्रहरी टोली फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077