Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि चितवनमा हवाई फायर

काठमाडौं । प्रहरीले बारामा १३ राउण्ड हवाई फायर गरेको २४ घण्टा वित्न नपाउँदै चीतवनमा पनि हवाइ फायर भएको छ ।

निषेधाज्ञा गरिएको समयमा चितवनको राप्ती नगरपालिकाको पिप्लेमा ढुंगाको निहुँमा विवाद हुँदा भीड हटाउनका लागि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीले जनाएको छ ।

निषेधाज्ञा गरिएको समयमा अनावश्यक भीड जम्मा भएको हुँदा भीड हटाउनका लागि हवाई फायर गर्नु परेको चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी गराए ।

स्थानीयबासीका अनुसार आइतबार एक महिलाले पूजाको लागि भन्दै त्यहाँ रहेको एउटा ढुंगा लगेको निहुँमा स्थानीयहरूले आफ्नो ठाउँको देउता लगेकोले फिर्ता ल्याउनुपर्छ भन्दै भीडभाड गरेका थिए।

निषेधाज्ञाको समयमा भीड गरेको र हटाउने प्रयास गर्दा वादविवाद भएपछि भीडलाई तितरवितर पार्न एक राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

यसअघि आजै कुलोमा माछा मारेको र डुबानको विषयमा भएको दुई पक्षबीचको झडपलाई साम्य पार्न प्रहरीले बारामा १३ राउण्ड हवाई फायर गरेको थियो ।

बारा प्रहरीका अनुसार सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्‍दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077