Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेताहरूलाई भेटेपछि अचानक दिल्ली पुगे भारतीय राजदूत

काठमाडौं । नेपालका शिर्ष नेतासँग भेटवार्ता गरेपछि भारतीय राजदूत दिल्ली प्रस्थान गरेका छन्। पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा रिपोर्टिङ गर्न दिल्लीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई एकाएक बोलाएपछि उनी दिल्ली प्रस्थान गरेका हुन्।

पछिल्लो राजनितीक घटनाक्रमको रिपोर्टिङ गर्न दिल्लीले बोलाएपछि उनी हिजो मध्यान्ह व्याकडोरबाट माधव नेपालको निवास कोटेश्वरमा पसेका थिए र लामो भलाकुसारी गरेर दुतावास फर्किएका थिए ।

उनी साेही दिनकाे साझँ ५ बजेपछि प्रचण्डसँग परामर्श लिन खुमलटार पुगेका थिए । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा आफ्नो रिपोर्ट र प्रचण्ड माधव नेपालको प्रस्ताव बोकेर राजदूत क्वात्रा दिल्लीको लागि प्रस्थान गरेको बुझिएको छ ।

त्यति मात्रै होइन उनले प्रधानमन्त्री केपी शर्मा ओलीका निकट पात्र मानिने उद्योग राज्य मन्त्री मोती दुगडलाई समेत शाही नातेदारको घरमा भेटेका थिए । त्यस्तै राजनीतिक ब्युरो प्रमुख भिप्रा पाण्डे लगायतसँग प्रधानमन्त्री ओलीका अर्का विदेश मामिला सल्लाहाकार राजन भट्टराईले भेट गरेका थिए । यी सबै घटनाक्रमको रिपोर्टिङ गर्न उनी दिल्ली प्रस्थान गरेको पाइएको छ ।

चारजना सहयोगीका साथ उनी सडकमार्गबाट बुधबार दिल्लीका लागि प्रस्थान गरेकाे स्राेतले बताएकाे छ। राजदूत क्वात्रा विहान नागढुङ्गाबाट बाहिरिएका छन् । उनी भैरहवा सुनौली नाकाबाट भारत प्रवेश गरेर दिल्ली गएका हुन्। स्राेतका अनुसार उनी आगामी ६ गते नेपाल फर्किने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077