Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • कपिलवस्तुमा एक हजार नाघे कोरोना संक्रमित

    कपिलवस्तुमा एक हजार नाघे कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 3.7K
    SHARES

    कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ हजार ६ पुगेको छ । बिहीबार थप २४ जनामा संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ नाघेकाे हाे । जिल्लामा वैशाख २५ गते मायादेवी गाउँपालिकाका २ जना युवालाई पहिलो पटक संक्रमित भएको ५ महिनापछि यहाँ संक्रमितको संख्या ४ अंकमा पुगेको हो ।

    बिहीबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र कृष्णनगर र पुरानो सदरमुकाम बहादुरगंज बजारका २४ जनामा कोरोना पुष्टि भएको हो । ‘समुदायमै संक्रमण गएको देखिन्छ,’ कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाहले भने, ‘सतर्कता अपनाएर अघि बढछौं । नभए भयावह अवस्था आउँछ ।’



    जिल्लामा हाल सक्रिय संक्रमितको संख्या भने २ सय ४ छ । कोरोनाबाट हालसम्म जिल्लामा २ जनाको मृत्यु भइसकेको छ । समुदायमै संक्रमण फैलिएपछि दोस्रो पटक लकडाउन थपेर कपलवस्तुमा भदौ ७ गतेसम्म गरिएको छ । प्रदेश ५ मा सबैभन्दा बढी कोरोना संक्रमित कपिलवस्तुमा छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार