Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कपिलवस्तुमा स्वास्थ्यकर्मीसहित २५ जनामा कोरोना संक्रमण पुष्टि

    कपिलवस्तुमा स्वास्थ्यकर्मीसहित २५ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । कपिलवस्तुमा आज २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रिमित भएहरु बैकका कर्मचारीदेखि स्वास्थ्यकर्मी समेत रहेका छन् । यसअघि कपिलवस्तुमा संक्रमित भएकाहरु अधिकांश निको भइसकेको अवस्थामा फेरि संक्रमित देखिन थालेका हुन् ।

    कपिलवस्तु सदरमुकाम तौलिहवा र मायादेवीमा आज एकै पटक २५ जना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । आज पुष्टि भएकामध्ये तौलिहवाका २४ जना र मायादेबी गाउँपालिकाका एक जना छन् ।



    स्वास्थ्य कार्यालय अनुसार सदरमुकाम संक्रमितमा तौलिहवाका ६ बैंक तथा वित्तीय संस्थाका १३ जना, मेडिकल तथा पोलिक्लिनिकका २, गैरसरकारी संस्थामा कार्यरत ३ जना, स्वास्थ्यकर्मी १ जना, शिक्षक २ जना र बजार क्षेत्रका अन्य ३ जना रहेका छन् । संक्रमित स्वास्थ्यकर्मी कपिलवस्तुमा अस्पतालका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार