Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काेराेना संक्रमण मुक्त हुनेकाे संख्या १७ हजार ९६४ पुग्याे

    काेराेना संक्रमण मुक्त हुनेकाे संख्या १७ हजार ९६४ पुग्याे

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालमा आज थप २६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १७ हजार ९६४ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल संक्रमित मध्ये ६१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

    संक्रमण मुक्त हुनेहरूमा प्रदेश-१ मा १ हजार १४४ जना, प्रदेश-२ मा ३ हजार ८७७, वाग्मती प्रदेशमा ७२४, गण्डकी प्रदेशमा १ हजार ५७५, प्रदेश-५ मा ४३२८, कर्णाली प्रदेशमा १ हजार ९७० र सुदूरपश्चिम प्रदेशमा ४ हजार ३४६ जना रहेका छन् ।



    यसैबीच नेपालमा आज थप ७०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १२६ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार