Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • राष्ट्रकवि घिमिरेको अन्त्येष्टिको खर्च सरकारले व्यहोर्ने

    राष्ट्रकवि घिमिरेको अन्त्येष्टिको खर्च सरकारले व्यहोर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको मृत्युप्रति शोक प्रकट गर्दै खर्च व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

    पछिल्ला मन्त्रीपरिषद्का निर्णय सार्वननिक गर्न आयाेजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बाढी पहिरोमा परेर हालसम्म २५० जनाको मृत्यु भएको, ८४ बेपत्ता भएका, १५२ घाइते भएका र ३५१ घर भत्किएको जानकारी दिए । घाइतेको उपचार सरकारले गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताए।



    परिवारमा एक जनाको मृत्यु भएमा दुई लाख र परिवारमा एकभन्दा बढीको मृत्यु भएको भए प्रतिमृतक थप एक लाख उपलब्ध गराउने उनले जानकारी दिए। आवास वा पसलमा क्षति पुगेको भए प्रति परिवार १५ हजार उपलब्ध गराउने निर्णय सरकारको छ। परिवारमा ५ भन्दा बढी रहेको अवस्थामा २० हजार उपलब्ध गराइने छ।



    घर पूर्ण क्षति भएको अवस्थामा प्रतिपरिवार एक लाख उपलब्ध गराउने, घाइतेको उपचारको साथै आउजाउका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार