Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अण्डरवर्ल्ड डन दाउद पाकिस्तानको ह्वाइट हाउसमा, ८८ आतंकवादी समूहमाथि वित्तीय प्रतिबन्ध

एजेन्सी। सन् १९९३ मा मुम्बईमा श्रृंखलाबद्ध बम विस्फोट घटनाका मुख्य नाइके अण्डरवर्ल्ड डन दाउद इब्राहिमको बारेमा पाकिस्तानले मुख खोलेको छ।

भारतमा मोस्ट वान्टेड रहेका दाउद पाकिस्तानमा रहेको खुलेको छ। पाकिस्तानले मोस्ट वान्टेड  दाउद इब्राहिमसहित ८८ आतंकवादी संगठन र आतंकवादीहरूलाई प्रतिबन्ध लगाएको घोषणा गरेसँगै दाउद पाकिस्तानमा रहेको पुष्टि भएको हो।

सबैभन्दा महत्त्वपूर्ण कुरा पाकिस्तान सरकारले जारी गरेको सूचिमा, दाउद पाकिस्तानमा रहेको र उनको ठेगाना ह्वाइट हाउस कराचीमा  उल्लेख गरिएको छ।

पाकिस्तानी विदेश मन्त्रालयले दाउदको सबै सम्पत्ती जफत गर्ने तथा बैंक खाता समेत रोक्का गर्न आदेश दिएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकारले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को खराब सूचीबाट बाहिरिन  दाउद इब्राहिम, हाफिज सईद र मौलना मसुद अजहरसहित ८८ प्रतिबन्धित आतंकवादी समूहमाथि वित्तीय प्रतिबन्ध लगाएको जनाएको छ।

उनीहरुको  विदेश यात्रामा समेत प्रतिबन्ध लगाइएको छ।  एफएटीएफले २ वर्ष पहिले जून २०१८ मा  पाकिस्तानलाई खराब सूचीमा राखेको थियो।

पाकिस्तानलाई सन् २०१९ को अन्त्यसम्ममा आतंककारीहरूलाई रोक्न एक कार्ययोजना लागू गर्न भनिएको थियो । तर, कोरोना महामारीको कारण यसको म्याद थपियो।

पेरिसमा मुख्यालय रहेको  एफएटीएफले विश्वका विभिन्न देशलाई कानुनी रूपमा कालो धन ओसारपसार तथा आतंकवादमाथि लगानी रोक्न कडाइ गर्दै आएको छ।

पाकिस्तानी अंग्रेजी दैनिक द न्युज-को एक प्रतिवेदनमा  संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) द्वारा जारी गरिएको नयाँ सूचीको अनुपालनमा पाकिस्तान सरकारले भर्खर ८८ आतंकवादी संगठन र आतंकवादीहरूलाई प्रतिबन्ध लगाएको छ।

पाकिस्तानले दाउदलाई आफ्नो देशमा रहेको तथा ठेगाना नै सार्वजनिक गरेपछी अब भारतले दाउदलाई सुपुर्दगी गर्न पाकिस्तानलाई दबाब दिन सक्ने वताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077